spot_img

नेपालनागरिकउड्डयनप्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरण एक स्वतन्त्र नागरिक उड्डयन नियमनकारी निकाय हो। यसको स्थापना सन् १९९८ मा एक सरकारी संस्थाको रुपमा भएको थियो []

नेपाल एक भूपरिवेष्ठित राष्ट्र भएकोले जलयातायातका फाइदाहरूबाट वञ्चित मात्र नभइ उच्च हिमाल, पहाड जस्ता जटिल भू बनौटले सडक यातायात समेत अपेक्षित रूपमा विकास हुन नसकी यस बाट समेत जनताहरू लाभान्वित हुन सकिरहेका छैनन्।सुगम यातायातबाट बञ्चित क्षेत्रका जनताका लागि न्यूनतम आधारभूत आवश्यकताहरू खाद्यान्न, ओषधि ओसार पसार गर्न र आवागमनको निम्ति हवाई यातायातको आफै‍मा बढी महत्त्व रहन गएको छ। एक स्थानबाट अर्को स्थानमा छिटो पहुच हुने, खोज तथा उद्धार, दैवी विपत्ती एव‍ व्यापारिक प्रयोजनका साथै यात्राहरूको श्रङ्खलामा हवाईयात्रा सुरक्षित, आरामदायी, छिटो र रोमाञ्चक यात्रा भएबाट यसको महत्त्व अझैबढी भएको देखिन्छ। प्राकृतिक सौन्दर्य, पुरातात्विक महत्त्व, जैविक विविधता, अनुपम दृष्यावलोकन, साहसिक पर्यटन क्षेत्रको विकास मार्फत राष्ट्रिय अर्थतन्त्र अभिबृद्धि गर्न समेत यसको विशेष भूमिका रहन्छ।

विश्व इतिहासमा सन् १९०३ देखि शुरु भएको हवाई यातायातको एक शताव्दी भन्दा लामो इतिहासमा आजको अवस्थामा आइपुग्दा यस क्षेत्रको अधिकतम विकास भएको मान्न सकिन्छ। सन् १९४८मा Beach Banaya(?) नामक वायुयानलाई बेलायती नागिरक H. Wedler ले काठमाडौँ‍को गौचरणमा सफलतापूर्वक अवतरण गरेको नै नेपालको सन्दर्भमा हवाईयातायातको शुरुवात भएको पाइन्छ। त्यस पछि सन् १९४९ मा पहिलो पटक काठमाडौँ‍ गौचरणमा डकोटा-३ वायुयान अवतरण, वि. स‍. २००७ मा भारतको पटनाबाट ईण्डियन नेशनल एयसवेजले पहिलो वाणिज्य उडान, सन् १९५४ मा गौचर विमानस्थल पक्की, सन् १९५४ शाही नेपाल वायुसेवा निगमको स्थापना पश्चात यस क्षेत्रमा व्यवस्थित विकास गर्न गैह्रसैनिक हवाई उडान ऐन २०१५ लागु गरियो। सन् १९५७ मा तत्कालिन निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत हवाई विभागको विधिवत स्थापना भएपछि सन् १९६० मा नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको सदस्यता प्राप्त गरेको देखिन्छ। सन् १९८३ मा पर्यटन मन्त्रालय स्थापना भएपछि यसै अन्तर्गत हवाई विभाग राखी सन् १९९८ दिसेम्बर ३१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणको रूपमा राखियो।

सन् १९५७ मा तत्कालिन श्री ५ को सरकार निर्माण स‌ञ्चार तथा यातायात म‌न्त्रालय अन्तर्गत हवाई विभागको स्थापना भएको थियो। गैरसैनिक हवाई उडान ऐन २०१५बाट नेपालमा हवाई यातायातको विकास एव‌ं नियमनको व्यवस्था स‌स्थागत भएको हो। नेपालले सन् १९६० मा सदस्यता प्राप्त गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/crimenep/public_html/nijamatinews.com/wp-includes/functions.php on line 5464